× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिन ट्राफिक प्रहरी प्रमुख प्र.स.नि.यादवलाई सम्मान सहित विदाई

    १ वर्ष पहिले

    फाल्गुण ११, चितवन

    ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुखको विदाइ तथा सरुवा भई आउने प्रमुखको स्वागत गरिएको छ । ट्राफिक कार्यालय मुग्लिन सरुवा भई आएका ट्राफिक प्रहरी बरिष्ठ नायव निरिक्षक सुरेन्द्र विष्टकोे स्वागत र सरुवा भई जान लागेका प्रहरी सहायक निरिक्षक सैलेन्द्र यादवलाई विहिबार एक कार्यक्रमको विच सम्मान सहित विदाई गरिएको हो । इच्छाकामना उद्योग बाणिज्य संघ मुग्लिनले सरुवा भइ जाने प्रहरी सहायक निरिक्षक सैलेन्द्र यादव र सरुवा भई मुग्लिन आएका प्रहरी बरिष्ठ नायव निरिक्षक सुरेन्द्र विष्टलाई हाइवे समाचारको कार्यालय प्रांगढमा एक कार्यक्रमविच स्वागत तथा विदाई कार्यक्रम गरेको हो ।


    ८ महिने कार्यअवधिमा ट्राफिक प्रहरी कार्यालय मुग्लिनको प्रमुख पदमा रहेर दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनमा विशेष भुमिका निर्वाह गरेको हुदा ट्राफिक प्रहरी सहायक निरिक्षक यादवलाई भव्य सम्मानका साथ विदाइ गरेको हो । उहाँले ट्राफिक प्रहरी कार्यालय मुग्लिनमा जिम्मेवारी सम्हाल्नुभए संगै जरिवाना तिर्नको लागि अनलाई व्यवस्था, सवारी साधनको मेकानीकल चेकजाच, ट्राफिक सचेतना कार्यक्रम सञ्चालन, बढी भाढा असुल्ने सवारी साधनलाई कार्वाही, सिट क्षमता भन्दा बढी यात्रु बोक्ने सावरी साधनलाई कार्वाही, सवारी चालकको स्वास्थ्य परिक्षण लगाएत विभिन्न कार्यक्रमहरु सञ्चालन गरेका थिए ।
    इच्छाकामना उद्योग बाणिज्य संघका अध्यक्ष कल्याण गुभाजुले प्र.स.नि. यादवले ट्राफिक व्यवस्थापनमा उल्लेखनीय भुमिका निर्वाहा गरेको प्रशंसा गर्र्दै खादामाला र प्रशंसापत्र द्धारा सम्मान गरेको हो । त्यस्तै अध्यक्ष गुभाजुले नव आगन्तुक ट्राफिक प्रहरी बरिष्ठ नायव निरिक्षक सुरेन्द्र विष्टलाइ स्वागत गरेका थिए ।


    कार्यक्रममा बोल्दै प्र.स.नि. सैलेन्द्र यादवले ८ महिना मुग्लिन कार्यालयमा बस्था पाएको माया र सद्भाव कहिले नविर्सने बताए । सम्मानका लागि इच्छाकामना उद्योग बाणिज्य संघलाई धन्यवाद दिदै उनले यो सम्मानले आफुलाई अझ जिम्मेवार बनाएको उल्लेख गरे ।


    त्यस्तै सरुवा भई आएका प्रहरी बरिष्ठ नायव निरीक्षक सुरेन्द्र विष्टले दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको लागि समुदायको सहयोगमा ट्राफिक सचेतना सम्बन्धि विभिन्न कार्यक्रमहरुको आयोजना गरिने बताउनुभयो ।


    कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय मुग्लिनको भवन निर्माण समितिका अध्यक्ष सावित्री पुडासैनीले ट्राफिक व्यवस्थापन संगै भवन निर्माणको लागि अहोरात्र खटिएको र भवन निर्माणको काम अन्तिम चरणमा रहेको बताउदै प्र.स.नि. यादवलाई धन्यवाद व्यक्त गरेका थिए साथै उहाँले नया आउनुहुने ट्राफिक प्रमुखले पनि ट्राफिक व्यवस्थापन र भवन निर्माण सम्पन्न गर्नको लागि मिलेर काम गर्ने बताए । कार्यक्रममा राजस्व परामर्श समितिका सदस्य रत्नमणी शाक्य, विभिन्न संघसंस्थाको प्रतिनिधि, बुद्धिजीवि, स्थानीय र संचारकमीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र मुग्लिनका सदस्य विष्णु कुवरले सञ्चालन गरेका थिए ।