× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज राती दुई घण्टा मुग्लिन-आँबुखैरेनी सडकखण्ड बन्द हुने

    ४ महिना पहिले

    कार्तिक-१०, पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-आँबुखैरेनी सडकखण्ड आज राति दुई घण्टा बन्द हुने भएको छ।

    जिल्ला प्रशासन कार्यालय तनहुँले दिएको जानकारी अनुसार आँबुखैरेनी गाउँपालिका-४ साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि राति १२ बजेदेखि २ बजेसम्म उक्त खण्ड पूर्ण रुपमा बन्द हुने जनाएको छ ।

    साँखरमा पहिरो नियन्त्रण कार्यका लागि पहिरोको भूकम्प प्रतिरोधकता परीक्षण अध्ययन गर्नुपर्ने भएकाले सो अवधिभर सडकमा यातायात सञ्चालन गर्न नमिल्ने भएकाले सडक बन्द गरिने प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सिर्जना रेग्मीले जानकारी दिइन्।

    साँखरमा गत असोज १८ गते सडक भासिएको थियो । हाल उक्त खण्ड एकतर्फी रुपमा सञ्चालन भइरहेको छ । विसं २०७९ जेठ २७गते सोही ठाउँमा सडक भासिएपछि भित्ता काटेर मस्याङ्दी नदीतर्फबाट पर्खाल उठाइएको थियो । सोही ठाउँमा पुनः सडक भासिएको हो ।