× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    लगातार दोस्रो जित निकाल्ने योजनामा आर्सनल

    ४ वर्ष पहिले

    एजेन्सी । प्रिमियर लिग फुटबलमा आज (शनिबार) राति विभिन्न चार खेल हुँदैछन् । आज हुने खेलमा आर्सनलले वेस्ट हामसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीच हुने खेल नेपाली समय अनुसार राति १२ः४५ हुनेछ । 

    सिजनको पहिलो खेलमा सहज जित निकालेको आर्सनल आजको खेलमा पनि जित निकाल्ने योजनामा छ । आर्सनलले पहिलो खेलमा फुलहमलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । 

    आजको खेलमा जित निकाल्दै सिजनमा लगातार दोस्रो जित निकाल्ने योजनामा आर्सनल छ । यस्तै पहिलो खेलमा पराजित भएको वेस्टहम अजाको खेलमा जित निकाल्दै प्रतियोगितामा पहिलो जित निकाल्ने योजनामा छ । 

    म्यान्चेस्टर युनाइटेड घरेलु मैदान क्रिस्टल प्यालेससँग खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ । लिगको पहिलो खेलमा जित निकालेको क्रिस्टल प्यालेस आजको खेलमा पनि जित निकाल्ने योजनामा छ । युनाइटेड भने आजको खेलमा जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजना छ । 

    आजै राति हुने अन्य खेलमा एभर्टनले वेस्ट ब्रुम र लिड्सले फुलहमसँग खेल्नेछ ।