× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    इच्छाकामनामा पुस २५ गते देखि राष्ट्रपति रनिङशील प्रतियोगिता हुने

    ११ महिना पहिले

    पुस-२१, चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा पुस २५ र २६ गते राष्ट्रपति रनिङशील्ड प्रतियोगिता श्री सर्वशान्ति मावि कुरिनटारमा हुने भएको छ।

    इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङको अध्यक्षतामा आज बसेको माध्यमिक विद्यालयहरूका प्रअ तथा सरोकारवालाहरुको बैठकले गाउँपालिका स्तरीय प्रतियोगितालाई सभ्य र भव्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न समितिहरू गठन गरिएको छ। जसमा अनुशासन समितिको संयोजकमा गाउँपालिका उपाध्यक्ष माया सिलवाल, अनुगमन समितिको संयोजकमा लक्ष्मण चेपाङ, सुरक्षा प्रबन्ध समितिको संयोजकमा इप्रका मुग्लिनका प्रमुख निरला भण्डारी, स्वास्थ्य संयोजकमा हरि देवकोटा, समारोह उपसमिति का संयोजकमा जोहन खरेल, प्राविधिक उपसमितिको संयोजकमा भोजराज दवाडी, खेलकुद सञ्चालन समन्वय समितिको उपसमितिको संयोजकमा युवराज लामा रहेका छन्।

    त्यसैगरि विधागत खेलतर्फ भलिबलको संयोजकमा युवराज लामा, कबड्डी खेलको संयोजकमा दिपक श्रेष्ठ, एथलेटिक्स खेलतर्फको संयोजकमा राम थापा र तेक्वान्दो खेल संयोजकमा मेलिना गुरुङ रहेका छन्।

    प्रतियोगिता सहभागी हुने विद्यार्थी विवरण तोकिएको ढाँचामा पुस २३ गते ४:०० बजे भित्र पेश गर्नुपर्ने तथा गैर विद्यार्थी तथा १८ वर्ष भन्दा बढी उमेर समूहका विद्यार्थीले प्रतियोगितामा भाग लिन नपाउने इच्छाकामना गाउँपालिका शिक्षा शाखा प्रमुख पुष्करराज विष्टले जनाएका छन्।

    प्रतियोगितामा भलिबल (छात्र/छात्रा), कबड्डी (छात्र/छात्रा), एथ्लेटिक्स (दौड (ट्रयाक) तर्फ छात्र/ छात्रा १०० मि. ,२०० मि. , ४००मि., उफ्रने र फ्याक्ने (फिल्ड तर्फ) छात्र सटफुट १२ पाउण्ड, छात्रा सटफुट ८ पाउण्ड तथा तेक्वान्दोका विभिन्न क्याटेगोरीमा खेल हुने भएको छ।

    पुष २५ गते बिहिबार बिहान ११:०० बजे श्री सर्वशान्ति मावि कुरिनटारमा राष्ट्रपति रनिङशील प्रतियोगिताको उद्घाटन हुने भएतापनि एथलेटिक्स तर्फका खेलहरू बिहान ८ बजेबाट नै सुरु हुनेछ‌। रनिङ सिल्डका उद्घाटन, समापन तथा अधिकांश खेलहरू श्री सर्वशान्ति मावि कुरिनटारको खेलमैदानमा हुने भएतापनि केही खेल भने प्रगति पाठशालामा हुनेछ।