× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    चेल्सीको सानदार जित

    ४ वर्ष पहिले

    काठमाडौं – सोमबार राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा चेल्सीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त पहिलो खेलमा चेल्सीले ब्राइटनलाई ३–१ गोलले पराजित गरेको हो ।

    खेलमा पहिलो हाफमा चेल्सीले अग्रता पाएको थियो । खेलको २३ औं मिनेटमा चेल्सीका जोर्गिन्होले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । 

    त्यसपछि खेलको ५४ औं मिनेटमा ब्राइटनका लियान्ड्रो ट्रोसार्डले गोल गरी टिमलाई बराबरी पुर्याए । त्यसपछि लगातार चेल्सीका दुई खेलाडीले गोल गरे । 

    खेल बराबरीमा पुगेको २ मिनेटमै चेल्सीका रीस जेम्सले र ६६ औँ मिनेटमा कर्ट जोउमाले गोल गरी टिमलाई जित दिलाए ।