× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आइपिएल खेल्न सन्दीप ट्रिनिडाडबाट यूएईका लागि प्रस्थान

    ४ वर्ष पहिले

    काठमाडौं, २७ भदौ । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ लागेका छन् । क्यारेबियन प्रिमियर लिग (सिपीएल) सकिएपछि सन्दीप शनिबार यूएईका लागि उडेका हुन् ।

    रिनिडाड एण्ड टोबेगोबाट नेपाल नफर्किकन सन्दीप सोझै युएईका लागि प्रस्थान गरेका उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिएका छन् । आईपिएल खेल्न सन्दीपसँगै सिपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ लागेका छन् ।

    यस वर्षको आईपीएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभइ युएईमा हुँदै छ । सन्दीपले लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न लागेका छन् । आईपिएल आगामी असोज ३ गतेदेखि सुरु हुँदै छ ।

    सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको पहिलो खेल असोज ४ गते किंग्स इलाभेन पञ्‍जाबसँग रहेको छ । सन्दीपलाई दिल्ली क्यापिटल्सले रु ३२ लाखमा अनुबन्ध गरेको छ ।