× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    २४ घण्टामा थपिए १,२०१ कोरोना संक्रमित, नेपालमा संक्रमित संख्या ५३,१२० पुग्यो

    ४ वर्ष पहिले

    काठमाडौं, २७ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,२०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आज (शनिबार) थप १,२०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित नेपालमा हालसम्म ३७ हजार ५५४ उपचारपछि निको भएका छन् ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २६० छ । ९ हजार १०७ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार १५३ होम आइसोलेसनमा छन् । १० हजार १७६ सय जनाको आज पिसिआर परीक्षण भएको छ ।