

२ महिना पहिले
मुग्लिन-इच्छाकामना जेसीजको अध्यक्ष पदमा रन्जिता सिलवाल निर्विरोध निर्वाचित भएकी छन् । इच्छाकामना जेसीसको दोस्रो साधारण सभा तथा शाखा अधिवेशनबाट सिलवाल सन् २०२६ का लागि निर्विरोध निर्वाचित भएकी हुन्।

इच्छाकामना जेसिजका कार्यकारिणी उपाध्यक्ष प्रकाश श्रेष्ठले दिएको जानकारी अनुसार ईच्छाकामना जेसीजको दोश्रो साधारण सभा तथा शाखा अधिवेशनबाट अध्यक्ष पदमा रन्जिता सिलवालका, कार्यकारिणी उपाध्यक्षमा प्रकाश श्रेष्ठ तथा जेसि पुजा डल्लाकोटी, उपाध्यक्षमा मेलिना श्रेष्ठ, इन्द्रकुमारी थापा, आयुश कुमार शाह र शान्ती सिलवाल, महासचिव पदमा सनम पन्त, कोषाध्यक्षमा निष्चल श्रेष्ठ र कानुनी सल्लाहकारमा सन्देश गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।