× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    मुग्लिन बजारमा यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ आयोजना हुने

    २ महिना पहिले

    मुग्लिन- इच्छाकामना गाउँपालिकाको मुग्लिन बजारमा यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ आयोजना हुने भएको छ ।

    गाउँपालिकाको प्रवर्द्धनमा चितवन उद्योग संघ इच्छाकामना समिति र होटल व्यवसायी संघ इच्छाकामना इकाइ समितिको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो।

    स्थानीय सुन्तला उत्पादन प्रवर्द्धन, कृषि पर्यटन विकास, स्थानीय परिकार र होटल व्यवसायको बजारीकरण गर्ने उद्देश्य महोत्सवको रहेको छ। महोत्सवमा ५० भन्दा बढी सुन्तला तथा फुड स्टल रहनेछन् भने करिब ५० हजार दर्शकले अवलोकन गर्ने र ५० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।

    उत्कृष्ट सुन्तलाको प्रदर्शनी तथा बिक्री, स्थानीय र राष्ट्रिय परिकार, सांस्कृतिक प्रस्तुति, सुन्तला खेतीसम्बन्धी गोष्ठी तथा उत्कृष्ट कृषक सम्मान कार्यक्रम महोत्सवका मुख्य आकर्षण हुन्। निःशुल्क प्रवेश रहेको यस महोत्सवले स्थानीय कृषि, पर्यटन र अर्थतन्त्रलाई चलायमान बनाउने आयोजकको विश्वास छ।

    कार्यक्रम अवधिभर हरेक दिन राष्ट्रिय कलाकारहरूले मनोरञ्जन प्रदान गर्ने आयोजकले बताएका छन्। कार्यक्रममा जनवादी गायक जीवन शर्मा, राष्ट्रिय दोहोरी गायक श्याम राना लगायतका कलाकारहरुले समेत प्रस्तुती दिने भएको छ।