× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ

    ४ घण्टा पहिले

    चैत्र-१७, काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ परेका छन् ।

    उपत्यका अपराध अनुसन्धान कार्यालय आज बिहान उनलाई पक्राउ गरेको हो ।उनी भदौ २३ मा भएको जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओ थिए ।

    रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ ।

    गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो । आयोगकै सिफारिसका आधारमा यसअघि तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक गत शनिबार नै पक्राउ परिसकेका छन् ।