× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक बिदा

    १५ घण्टा पहिले

    बैशाख-२२,बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा दिने भएको छ। बागमती प्रदेश सरकारले भाषा दिवसको अवसरमा २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको हो।

    गत चैत २३ गते प्रकाशित सूचना बमोजिम वैशाख २४ गते बिहीबार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो।

    बागमती सरकारले २०८० वैशाख २४ गते प्रदेश सरकारी काम काजको भाषा सम्बन्धी ऐन कार्यान्वयन गर्दै उक्त दिनलाई भाषा दिवस मनाउँदै आएको छ।