× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गमा यातायात प्रभावित

    १ घण्टा पहिले

    बैशाख-१७, अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गहरूमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार बागमती र गण्डकी प्रदेशका केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।

    सिन्धुपाल्चोकको अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको छ। त्यसैगरी, लमजुङको मध्यपहाडी लोकमार्गमा पनि पहिरोका कारण सवारी आवागमन ठप्प बनेको छ।

    यता, भोजपुरको बोखिम क्षेत्रमा बाढीका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा आएको छ। म्याग्दीको बेनी–जोमसोम सडकखण्डमा पनि पहिरो पन्छाएपछि एकतर्फी यातायात सुचारु गरिएको प्रहरीले जनाएको छ।