× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज अपराह्न चार बजेबाटै हावाहुरी शुरू हुने

    १ घण्टा पहिले

    बैशाख-१६,जल तथा मौसम विज्ञान विभागले हावाहुरी शुरू हुने समय र प्रभावित हुने जिल्लाको विवरण अद्यावधिक गरेको छ । विभागले आज बिहान जारी गरेको विशेष बुलेटिनमा उल्लेख भएअनुसार अपराह्न चार बजेबाटै हावाहुरी शुरू हुने छ ।

    हावाहुरीबाट सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटीसहित आसपासका जिल्ला प्रभावित हुने सम्भावना रहेको विभागले जनाएको छ । यसैगरी, लुम्बिनीका बर्दिया, बाँके, दाङ, अर्घाखाँची, परासीसहित आसपासका जिल्लामा पनि हावाहुरीको प्रभाव पर्ने छ ।

    गण्डकी प्रदेशको नवलपुर र बागमती प्रदेशको चितवन आसपासका जिल्ला पनि हावाहुरीबाट प्रभावित हुनसक्ने सूचनामा उल्लेख छ ।

    यस्तै, मधेश प्रदेशका बारा, पर्सा र धनुषासहित आसपासका जिल्लामा पनि हावाहुरीबाट प्रभावित हुनसक्ने विभागले जनाएको छ ।

    कोशी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा पनि तीव्र हावाहुरीको सम्भावना छ ।

    हिजो विभागले साँझ ५:४५ हुरी चल्न शुरू हुने र १७ गते बिहान ७:४५ बजे समाप्त हुने सम्भावना रहेको जनाएको थियो ।