× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    पुरानो नक्सा प्रकाशन गरेपछि सीमाविद् श्रेष्ठको फेसबुक मेटाले बन्द गरिदियाे ।

    १ घण्टा पहिले

    गाेरखा । सीमाविद् बुद्धिनारायण श्रेष्ठको फेसबुक एकाउन्ट मेटाले बन्द गरिदिएकाे छ ।

    पछिल्लाे पटक उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीको जग्गा नेपालको भूभागमा रहेको विषयमा पुरानो नक्सा प्रकाशन गरेपछि फेसबुक एकाउन्ट मेटालेब बन्द गरिदिएकाे हो ।

    श्रेष्ठकाे फेसबुक शनिबारदेखि आफ्नो नचलेको र योसँगै म्यासेञ्जरले समेत काम गर्न छाडेको उनले बताए । ‘मैले १८१६ को सन्धि अनुसार महाकालीको उद्गम बिन्दु लिम्पियाधुरा भएको भनेर नक्सा पोस्ट गरेको थिएँ, त्यसपछि फेसबुक देखिन छाड्यो । छिमेकी मुलुकबाट रिपोर्ट भएको भन्ने म्यासेज आएको छ,’ श्रेष्ठ भन्छन्, ‘अहिले म्यासेञ्जरमा कुरा गर्ने साथीहरूसँग कुरा गर्न पनि पाएको छैन ।’

    केही दिन अघि मात्रै श्रम संस्कृति पार्टीका हर्क साङ्पाङको फेसबुक समेत मेटाले बन्द गराएर केही दिन पछी फिर्ता गरेकाे थियाे ।

    उता पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको फेसबुक एकाउन्ट पनि मेटाले बन्द गरेर अहिलेसम्म फिर्ता गरेका छैन ।

    स्राेतः गाेरखासमाचार