× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आजपनि सुनचाँदीको मूल्यमा पहिरो, पछिल्लो १० दिनमा सुनको मूल्य ३७ हजार रुपैयाँले घट्यो

    ४ घण्टा पहिले

    चैत्र-८,नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा रु १२ हजार ५०० र चाँदी रु ३५५ ले घटेको छ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ५४० कायम भएको हो।

    गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ८९५ कायम भएको थियो।

    अघिल्लो दिन प्रतितोला सुन रु तीन लाख दुई हजार ३०० र प्रतितोला चाँदी रु पाँच हजार १० मा कारोबार भएको थियो।

    पछिल्लो १० दिनमा सुनको मूल्य ३७ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।