× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पहाडी तथा हिमाली भू-भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षासँगै हिमपातको सम्भावना

    ४ घण्टा पहिले

    चैत्र-३, नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ । आज देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्ने माैसमविद्ले जानकारी दिएका छन् ।

    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भाग र बाँकी हिमाली भू-भागका एकाध स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षासँगै हिमपातको सम्भावना छ ।

    मौसम बदलीसँगै हिजो काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको थियो ।