× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    देशको सार्वभौमिकता र स्वाधीनताको कुरामा आफू कुनै कानुन र अदालतलाई नमान्ने- बालेन शाह

    ३ वर्ष पहिले

    असार-७, काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले देशको सार्वभौमिकता र स्वाधीनताको कुरामा आफू कुनै कानुन र अदालतलाई नमान्ने बताएका छन्।

    मेयर साहले हिन्दी फिल्ममाथि लगाइएको रोकप्रति टिप्पणी गर्दै सामाजिक संजालमा यस्तो लेखेका हुन्। फिल्म लेखकले नै नेपाल भारतको अधिनमा रहेको थियो भनेकाले उनहिरूको नियत प्रष्ट भएको मेयर साहको भनाइ छ।

    भारतीय चलचित्र आदिपुरुषमा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत सोमबारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए ।

    ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनि सकेपछि उनीहरूको नियत थाहा हुन्छ। यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

    मेयर साहको निर्णयविरुद्ध चललित्र संघले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। अहिले मुद्दाको सुनुवाइ भइरहेको अदालतले जनाएको छ।