× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा मन्त्री बन्नेको नाम टुंगियो, गृहमा सुदन गुरुङ

    २ घण्टा पहिले

    चैत्र-१३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा मन्त्री बन्ने नेताहरूको नाम टुंग्याएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्री नियुक्त गरिसकेका छन् । अबको केही बेरमा १२ बजेर ३४ मिनेटमा बालेनले राष्ट्रपति भवनमा शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

    यससँगै रास्वपाले अन्य मन्त्रीहरूको नाम समेत टुंग्याएको छ ।जसअनुसार गृह मन्त्रालयको जिम्मेवारी सुधन गुरुङलाई दिइएको छ । उनी गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

    उपसभापति डा स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद्‌मा दोस्रो वरीयतासहित वाग्लेलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको हो ।

    शिशिर खनाललाई परराष्ट्र मन्त्रालय र पार्टी सहप्रवक्ता प्रतिभा रावललाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । सोविता गौतमलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    अमरेश कुमार सिहंलाई उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रीको जिम्मेवारी दिइएको छ भने विराज भक्त श्रेष्ठलाई ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    बालेनकानिकट मानिने सुनिल लम्साललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै सीता बादी महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र कास्कीका गनेस पौडेल पर्यटनमन्त्री बन्ने भएका छन् ।