

२ घण्टा पहिले
चैत्र-३, नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ । आज देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्ने माैसमविद्ले जानकारी दिएका छन् ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भाग र बाँकी हिमाली भू-भागका एकाध स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षासँगै हिमपातको सम्भावना छ ।
मौसम बदलीसँगै हिजो काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको थियो ।