× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    २५ वर्षमा करिव ३ करोडले चढेँ मनकामना केबुलकार

    ८ महिना पहिले


    मंसिर ८, मुग्लिन
    मुग्लिङ। नेपालको पहिलो केबुलकार मनकामना केबुलकारले आफ्नो स्थापनाको गौरबशाली २५ बर्ष प्रवेश गरेको छ । २०५५ मंसिर ८ गते तत्कालीन यूवराजधिराज स्वर्गिय दीपेन्द्र बीर बिक्रम शाहदेबले समुद्घाटन गरी ब्यबसायिक संचालनमा आएको मनकामना केबुलकार चितवनको ईच्छाकामना गाउपालिकाको चेरेसबाट शुरु भएर गोर्खाको शहिद लखन गाउँपालिकाको मनकामना मन्दिर पुगिन्छ । केबुलकारको दूरी तीन किलोमिटर रहेको छ । अष्ट्रियाको विश्व बिख्यात डोपलमेयर कम्पनीको उत्कृष्ट प्रबिधि जडान गरेको मनकामना केबुलकारले स्थापनाको २५ बर्ष आईपुग्दा बार्षिक १२ लाख पर्यटकले केबुलकार मार्फत मनकामना पुर्याई सकेको छ। ३४ वटा यात्रु चढ्ने गण्डाेलाले प्रति घण्टा ७०० का दरले यात्रुलाई गनतब्यमा पुर्याउदछन् । औसत १० मीनेटमा मनकामनाकाे माथिल्लो स्टेसन पुग्न सकिन्छ । हाल सम्म करिब ३ करोड भन्दा बढी यात्रुले केबुलकारको यात्रा गरेको र ती मध्ये करिब २० प्रतिशत भारतीय पर्यटक रहेको कुरा मनकामना केबुलकारका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिएका छन् ।


    नेपालको पर्यटन उद्योगमा नितान्त नौलो परियोजनाका रुपमा केबुलकारलाई संचालनमा ल्याएर सर्बाधिक सफल पर्यटन उद्योगको रुपमा नेपालमा स्थापित गराउनमा यस परियोजनाका स्वप्न द्रष्टा स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको योगदानलाई नेपालीले उच्च सम्मानका साथ आज स्मरण गरेका छन् । उहाले देखाएकै सफल ब्यबसाय संचालनको मार्ग अनुशरण गरेर नै आज नेपालको प्रसिद्ध स्थलहरुमा केबुलकार संचालनन गर्ने होड नै चलेको छ । बर्षमा मुस्किलले एक दुई लाख पर्यटक आउने गोरखाको मनकामना मन्दिरमा आज बीसौ लाख पर्यटक भित्रिने आकर्षक पर्यटन केन्द्रको रुपमा सुपरिचित भएका छन् । यात्रीहरुको सुबिधा र सुरक्षालाई ध्यानमा राखी मनकामना केबुलकारले थप १ अर्ब रुपियाको लगानीमा पुरानो एनालग प्रबिधिलाई बिस्थापित गरी पूर्ण स्वचालित प्रणालीलाई आगामी एक बर्ष भित्र जडान गर्ने योजनामा रहेको छ । मनकामना केबुलकारको टप स्टेशनसगै मनकामना केबुकारको भगिनी संस्थाको रुपमा अन्तराष्ट्रियस्तरको सुबिधा सम्पन्न ४० कोठाको रिसोर्ट बनाई मनकामना केबुलकार निर्माणाधिन अवस्थामा रहेको छ । केबुलकार उद्यनलाई कम्पनीले ब्यसायिक सम्भाबनाको एक सुरक्षित क्षेत्रको रुपमा नेपाली पर्यटन उद्योगमा एक आकर्षक प्राेडक्टको रुपमा बिस्तारित र बिकसित गर्न सफल भएका छन् । जसको कारण मनकामना केबुलकार कै सफल पद्चिन्ह पछ्याएर आज मुलुकको बिभिन्न स्थानमा गरी ६ वटा केबुलकार संचालनमा आईसकेका छन भने बन्दिरपुर र बुटवलमा निकट भबिष्यमा संचालनको तयारीमा रहेको छ । साथै अन्य धेरै स्थानमा सम्भाव्यता अध्ययन भै रहेकाे छ ।


    कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व निर्बाहा स्वरुप गोर्खाको शहिद लखन र चितवनको ईच्छाकामना गाउपालिकालाई कुल आयको १/१ प्रतिशत रकम नियमित बिनियोजन गर्दे आएको छ । यसको अलावा कम्पनीले मनकामना क्षेत्रमा खानेपानी आपूर्ति र स्वंय मनकामना मन्दिरको जीर्णोद्धार कार्यमा आर्थिक सहयोग प्रदान गर्दै आएको छ । कम्पनी कै पहल र प्रयास कै कारण भारतीय दूताबासको सहयोगमा मुग्लिङ स्थित त्रिवेणी बराहा माध्यमिक विद्यालय ५ करोडको सहयोगमा २४ कोठे भबन निर्माण भएको हो । यसका अतिरिक्त निजी बिद्यालयमा चेपाङ बालबालिकाहरुलाई छात्रबृत्ति प्रदान गरेका छन् । पर्यटन क्षेत्रबाट नेपाल सरकारलाई सर्बाधिक कर तिर्ने करदाताको रुपमा बिगत २ बर्ष देखि नेपाल सरकारबाट सम्मानित समेत हुदै आईरहेको छ । स्थापनाको २५ बर्षको यस गौरबशाली यात्रामा साथ र सहयोग गर्ने यात्री, कर्मचारी, स्थानीय सरोकारवाला, जनप्रतिनिधि, मिडियाकर्मी र स्थानीय बासिन्दाहरुलाई कम्पनीले आभार ब्यक्त गरेको छन् ।