

९ महिना पहिले
भदौ-२४, केपी ओली नेतृत्वको सरकारको वर्वरताको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरुले राजीनामा दिने भएका छन्।प्रधानमन्त्री ओलीले जेनजी पुस्ताको आन्दोलनमा बर्बरतापूर्वक बन्दुक चलाउन लगाएर १९ जनाको हत्या गरेका थिए।
त्यसको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका २० जानै सांसदहरुले राजीनामा गर्ने भएका हुन्। संसदीय इतिहासमा सामूहिक र यति ठूलो संख्यामा राजीनामा सम्भवतः यो पहिलो हो।
पार्टीका वरिष्ठ उपाध्यक्ष डोलप्रसाद अर्यालले अहिले पार्टीको बैठक बसिरहेको जानकारी दिए। राजीनामाको विषयमा पनि छलफल गर्न लागिएको उनले बताए।
यता राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले पनि राजीनामा गर्ने तयारी गरिरहेको स्रोतको दाबी छ।राप्रपामा १३ जना सांसद छन्।
अहिलेसम्म सरकारमा रहेका गृहमन्त्री रमेश लेखक र कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा गरिसकेका छन्। उनीहरुले मन्त्री पदबाट मात्र राजीनामा गरेका हुन्।
प्रधानमन्त्री ओलीले सामान्य नैतिकता पनि नदेखाएको र कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीको साथ नछोडेपछि उनको पार्टीभित्रैबाट विरोध भइरहेको छ।
तर एमालेभित्र सामान्य विरोध पनि छैन।जेनजी समूहलाई समर्थन जनाउन स्वतन्त्र पार्टीले राजीनामा गर्न लागेको हो।