× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    निजी विद्यालयले साउन २८ गतेदेखि गर्ने भनिएको अनिश्चितकालीन विद्यालय बन्दको निर्णय स्थगित

    ३ वर्ष पहिले

    श्रावण-२६, निजी शिक्षालय सञ्चालकहरूले यही साउन २८ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने निर्णय स्थगित भएको छ। प्याब्सन, हिसान र नेसनल प्याब्सनले गत मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै साउन २८ गतेदेखि अनिश्चितकालिन विद्यालय बन्द गर्ने चेतावनी दिएका थिए।

    शुक्रबार सुरक्षा मन्त्रालयमा बसेको बैठकले शैक्षिक गतिधि सञ्चाल गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयको प्रवक्ता दीपक शर्माले जानकारी दिए।

    उक्त बैठकमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, शिक्षा मन्त्रालयका सचीव बैकुण्ठ अर्याल, कानून, न्याय तथा संसदीय सचिव कमलशाली घिमिरे लगाएतकाे उपस्थिति रहेकाे थियो ।