× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिन नारायणगढ सडक खण्ड एकतर्फी खुल्यो

    ३ वर्ष पहिले

    असार १९, चितवन
    गएराति देखि अबरुद्ध मुग्लिन नारायणगढ सडक खण्ड अहिले सञ्चालनमा आएको छ । चारकिलोमा खसेको पहिरो हटाइ दुवै तर्फ यातायात सञ्चालन भएको र १४ किलोमा भने एकतर्फी मात्र यातायात सञ्चालन भएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख नरहरी अधिकारीले हाइवे समाचारलाई जानकारी दिएका छन् । १४ किलोमा पहिरो संगै आएको ठुलो चट्टान ब्रेकरको प्रयोगबाट फुटाउने काम भइरहेको र बेलुकी सम्म दुवै तर्फ राजमार्ग सञ्चालनमा आउने उहाले जनाएका छन्।