२ घण्टा पहिले
असोज-३, संविधान दिवसको अवसरमा नेकपा एमाले इच्छाकामना गाउँकमिटिले मुग्लिङ बजार चोकमा दीप प्रज्वलन गर्ने भएको छ।
आज साँझ ५ बजे दीप प्रज्वलन गरेर संविधान दिवस मनाउने तयारी भएको एमाले इच्छाकामनाका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए ।
नेकपा (एमाले) जिल्ला कमिटी चितवनले सात वटै पालिकाले आफ्नो पायक पर्ने ठाउँमा भव्य कार्यक्रमसहित दीप प्रज्वलन गरेर संविधान दिवस मनाउन निर्देशन दिएको थियो।२०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई संविधान दिवसका रुपमा मनाइन्छ ।