× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मु–ना र मु–का राजमार्ग एकतर्फी सञ्चालन ।

    ४ वर्ष पहिले

    आश्विन ७, चितवन । पहिरोको कारण अबरुद्ध मुगि्लन नारायणगढ र पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन भएको छ । अविरल बर्षाको कारण मुगि्लन नारायणगढ सडक खण्डको चारकिलो, पाचकिलो, भतेरी लगाएतका ठाउहरुमा पहिरो खस्दा राजमार्ग अबरुद्ध हुन पुगको थियो । बेलुकी ५ बजे खसेको पहिरो सडक डिभिजन कार्यालय चितवनको १ वटा लोडर र १ वटा JCV प्रयोग गरी पहिरो हटाएको हो । अन्य ठाउको पहिरो अटाएर दुवै तर्फ राजमार्ग सञ्चालन गरिएपनि चारकिलोको पहिरो भने एकतर्फी हटाएको प्रहरी जनाएको छ । रातको समयमा वर्षा भइरहेको हुँदा जोखिम हुने भएकोले भोली विहान पहिरो हटाइ दुवै तर्फ राजमार्ग सञ्चालन गरिने ट्राफिक प्रहरी कार्यालय मुगि्लनका प्रहरी सहायक निरीक्षक युवराज बसौलाले जानकारी दिएका छन् । त्यस्तै पृथ्वी राजमार्ग अन्तरगत चितवनको कुरिनटार, फिसि्लङ्ग लगाएत धादिङ्गको गलौदी, जोगिमारा, मझिमटार, बादरे लगाएतका ठाउहरुमा खसेको पहिरो हटाइ राजमार्ग दुवै तर्फ सञ्चालन भएको छ । धादिङ्गको गलौदीमा खसेको पहिरोभने ठुलो भएकोले एकतर्फी मात्र राजमार्ग सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय गजुरीले बताएका छन् ।