× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • सुचना प्रविधि

    मोबाइल पहुँचमा नेपाल विश्वमै पहिलो

    ४ वर्ष पहिले

    नेपालको मोबाइल र इन्टरनेट सेवाको विकास प्रवृत्ति अचम्मको देखिएको छ । हालै सार्वजनिक सामाजिक विकास सूचकाङ्क (social progress index 2020)मा नेपाल विश्वमै मोबाइल सेवामा पहिलो स्थानमा देखिएको छ भने इन्टरनेट प्रयोगमा पुछारतिर परेको हो ।
    सूचकाङ्क प्रतिवेदन अनुसार कूल जनसंख्याको १३९.४५ प्रतिशत सब्स्क्रिप्सनका साथ नेपाल मोबाइल सेवामा विश्वकै पहिलो स्थानमा छ । तर सँगसँगै जनसंख्याको ३४ प्रतिशत प्रयोगकर्ताका साथ इन्टरनेट सेवामा भने १३४ औं स्थानमा धकेलिएको छ ।
    अझ विद्युतीय सेवाको मामिलामा त नेपालको अवस्था झन् नाजुक छ । रिपोर्टअनुसार नेपालमा अनलाइनमार्फत सरकारले दिने सेवाको पहुँच समेत निकै कमजोर देखिएको छ । जसमा नेपाल १३६ औं स्थानमा छ । त्यसैगरी मिडिया सेन्सरशिपमा नेपाल ६६ औं स्थानमा आउँछ ।
    नेपालको स्थान यसरी समग्रमा सूचना तथा सञ्चारको पहुँचको हिसावले नेपाल ६०.६१ स्कोर भ्यालुका साथ विश्वमै ११३ औं नम्बरमा देखिएको छ ।