× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    फेब्रुअरी १४ यूट्यूवको जन्म दिन-सुनिल उलक

    १ वर्ष पहिले

    फागुन-२, फेब्रुअरी १४ सम्झना साथ हामीलाई प्रेम दिवस वा भ्यालेन्टाइन डे”को याद आउँछ । फेब्रुअरी १४ बिश्वमा अहिले चर्चित रहेको भिडियो पोर्टल यूट्यूबको पनि शुरुवात भएको दिन हो ।

    १८ वर्ष अगाडि सन २००५ मा तीन युवा स्टिव चेन, चाड हर्ले र जावेद करीम मिलेर खोलेका थिए । स्टीव ताइवान जन्मेका अमेरिकी थिए भने अमेरिकन थिए । जावेद भने बंगलादेशी नागरिक थिए । जावेद नै पहिलो ब्यक्ति थिए, जसले यूट्यूवमा पहिलो भिडियो अपलोड गरे । उनले यूट्यूवमा राखेको पहिलो भिडियो “Me at the zoo” थियो । यी तीनजनाको भेट भने अनलाइन पैसा पठाउने PayPal मा भेट भएको थियोे । PayPal लाई Ebay ले खरिद गरे पछि जागिर छोड्ने मनसायमा पुगेका यिनीहरु यूट्यूव मार्फत फेरि जोडिएका थिए ।

    यूट्यूव शुरु हुनासाथ यसमा हेर्नेहरुको संख्या ह्वात्तै बढ्न थाल्यो । यो देखेर गुगलले किन्नको लागि मोलमोलाइ गर्न थाले । अन्तत केवल २० महिना नहुदै १.६५ बिलियन डलरमा गुगललाई बिक्री गरे । यूट्यूव अहिले कतिपय नेपालीहरुको पनि कमाइ खाने भाँडो भएको छ । चाहिने नचाहिने जस्ता पनि सामग्री राखेर दर्शक बढाउने र पैसा कमाउने धन्धामा लागेका छन् । संस्थागत समाचार प्रसारण गर्ने संस्था भन्दा यूट्यूवेहरुले समाचारका वास्तविकता समेत बङ्ग्याउने र गलत समाचार प्रचार गर्ने समेत देखिएको छ ।

    खैर अठार वर्षे जवान यूट्यूवलाई जन्म दिनको शुभकामना ।