× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपालीले नै बनाएको , नेपालमा दर्ता भएको नेपाली सामाजिक सञ्जाल -मुकुल ढकाल

    ३ दिन पहिले

    नेपालमै विकास भई नेपालमै मुख्य कार्यलय स्थापनासहित सूचीकृत WeeTok App को मुख्य कम्पनी Saransa Media Labs हो। यो एप भिडियो शेयरिङ्ग मात्र नभई समुदाय निर्माणको उद्देश्यसहित विशेषतः नेपालका प्रयोगकर्ताहरूलाई ध्यानमा राखी तयार गरिएको हो।

    WeeTok का प्रमुख सञ्चालक इञ्जि. क्षितिज दाहालले भन्नुभयो–“नेपाल सरकारको पछिल्लो निर्णयको हामी स्वागत र प्रशंसा गर्दछौँ। नियम र कानुन जस्तो मुलुककै आधारभूत संरचनामा साना–ठूला सबै संस्थाहरू समान हुनुपर्छ भन्ने हाम्रो विश्वास हो। सरकारको प्रमुख चिन्ता सामाजिक सञ्जालमार्फत हुने अपराध नियन्त्रण गर्नु हो भन्ने कुरामा हामी पूर्ण रूपमा सहमत छौँ र यसमा आवश्यक सहयोग गर्ने हाम्रो प्रतिबद्धता छ।

    यो सत्य हो कि Facebook, Instagram, WhatsApp, YouTube जस्ता सामाजिक सञ्जालहरू हाम्रो दैनिकीको हिस्सा भइसकेका छन्। तर, जन्मदेखि मृत्यु सम्मको यात्रामा जस्तै, नागरिक मात्र होइन कम्पनीहरूले पनि मुलुकका कानून र नियमको पालना गर्नैपर्छ। नेपाल सरकारले ती कम्पनीहरूलाई पटक–पटक दर्ता र नियमनमा आउन आह्वान गरे पनि उनीहरू बेवास्ता गर्दै आएका छन्। मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रतासँग सम्बन्धित विषयमा कुनै सम्झौता हुन सक्दैन। राष्ट्र सधैं पहिलो हुन्छ, र हामी आफैंले चाहने हो भने आफ्नै सामाजिक सञ्जाल निर्माण गर्न सक्छौँ। आखिर कुरा के हो भने, ध्यान र दिशा स्पष्ट भए केही असम्भव हुँदैन।

    हामीलाई आवश्यक सुरक्षात्मक वातावरण प्रदान गरिएमा कम्पनीले त्यही अनुरूप सुरक्षा मापदण्ड अपनाएर अघि बढ्नेछ। आवश्यक परेमा, Facebook, Twitter वा WhatsApp जस्ता एप नेपाल सरकारकै सुरक्षा अनुपालन अन्तर्गत २–३ महिनाभित्रै विकास गरी हस्तान्तरण गर्न सक्ने क्षमता हाम्रो छ। तर, यस्तो अवस्थामा सरकारले ठूला अन्तर्राष्ट्रिय कम्पनीहरूलाई सहजै प्रतिस्पर्धा गर्न दिने नीतिमा पुनर्विचार गर्नुपर्ने देखिन्छ, किनभने सानो मुलुकको सन्दर्भमा स्थानीय कम्पनीहरूले ठूला कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न कठिन हुन्छ।

    नेपाल सरकार, निजी क्षेत्र वा कर्पोरेट संस्थाहरूले आवश्यक सहयोग गर्ने खण्डमा हाम्रो विद्यमान जनशक्ति र प्राविधिक दक्षता प्रयोग गरी अझ ठूलो प्रणाली निर्माण गर्न सकिन्छ। हामीले नेपाली प्रतिभालाई प्राथमिकतामा राखेर रोजगारी सिर्जना गर्ने, प्रविधि क्षेत्रमा आत्मनिर्भरता बढाउने र देशभित्रै गुणस्तरीय डिजिटल समाधान विकास गर्ने दीर्घकालीन लक्ष्य राखेका छौँ।

    मुलुकको हितमा योगदान दिन पाउनु नै हाम्रो लागि सबैभन्दा ठूलो सन्तोषको विषय हो।”