× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मस्कले गरे ट्विटरको नयाँ सीईओको नाम घोषणा

    १ वर्ष पहिले

    बैशाख-३०,इलोन मस्कले ट्विटरको नयाँ सीईओको नाम घोषणा गरेका छन्। एनबीसी युनिभर्सलकी पूर्व विज्ञापन प्रमुख लिन्डा याकरिनोलाई उनले ट्विटरको सीईओ बनाएका हुन्।

    करिब ६ हप्तापछि उनले नयाँ कार्यभार सम्हाल्ने बताइएको छ।

    मस्कले ट्विटरमार्फत यसको घोषणा गरेका छन्। एक दिनअघि नै उनले नयाँ सीईओ फेला पारेको बताएका थिए। तर, नाम खुलाएका थिएनन्।

    मस्कले आफू ट्विटरको कार्यकारी अध्यक्ष र चिफ टेक्नोलोजी अफिसर रहने बताएका छन्। याकरिनोले बिजनेस हेर्ने र आफूले प्रडक्ट डिजाइन तथा नयाँ प्रविधि हेर्ने उनको भनाइ छ।

    एनबीसी युनिभर्सलमा १२ वर्ष बिताएकी याकरिनोले तत्कालै सो पद छाडेको बताइएको छ।