× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामना गाउँपालिकाको सेवा अनिश्चितकालसम्मको लागि बन्द

    ५ घण्टा पहिले

    भदौ-२९, चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको सेवा अनिश्चितकालसम्मको लागि बन्द भएको छ ।

    भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको नाममा अराजक समूहले तोडफोड र आगजनी गरेपछि कार्यालयको सम्पूर्ण सेवा अवरुद्ध हुन पुगेको हो । पालिकाले आज एक सूचना जारी गर्दै सेवा बन्द भएको जानकारी समेत दिएको छ ।

    आन्दोलनमा परि गाउँपालिकाको सम्पूर्ण शाखाहरु तहसनहस भएकोले तत्काल सेवा सुरु गर्ने अवस्था नरहेपछि अनिश्चितकालसम्मको लागि पालिकाले सेवा बन्द गर्नुपरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार दशैं अघि कार्यालय संचालन गर्ने अवस्था छैन ।

    आन्दोलनकारीले गाउँपालिकाको ६ वटा सवारी साधन, मूख्य प्रशासकीय भवन, वडा नं. २ र ४ को कार्यालय भवनमा आगजनी र तोडफोड गरेको थियो । उक्त घटनाबाट गाउँपालिकाको करिब ५ करोड रुपैयाँ क्षति भएको प्रारम्भिक अनुमान रहेको छ ।

    कार्यालयको सेवा अवरुद्ध भएसँगै हरेक वर्षको दशैंमा बाडिदै आएको ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता समेत रोकिएको छ । जसको कारण भत्ता आएर दशैं मनाउने तयारीमा रहेका हज्जारौ वृद्वाहरुको खुशी खोसिएको छ । कार्यालयले दिइने अत्यावश्यक सेवा समेत दिन कठिनाई हुदाँ सर्वसाधारण नागरिक मर्कामा परेका छन् ।