४ घण्टा पहिले
भदौ-२७, चुनावी प्रयोजनका लागि गठन हुने अन्तरिम सरकारको प्रधानमन्त्रीको सुशीला कार्की नियुक्त हुने निश्चित भएको छ। शीतलनिवासमा दिनभर भएको छलफलपछि कार्की प्रधानमन्त्री नियुक्तिमा सहमति भएको हो।
सहमति अनुसार कार्कीलाई शुक्रबार नै प्रधानमन्त्री नियुक्तिको तयारी छ।सहमति अनुसार प्रतिनिधि सभा विघटन हुनेछ। यस्तै, प्रदेश सरकारहरु पनि एकैपटक विघटन हुनेछन्।
यस्तै, संविधान संशोधनमा सर्वपक्षीय सहमति भएको छ। मुलभूत विषयमा भएको सहमति अनुसार निर्वाचित संसदले संविधान संशोधनको प्रक्रिया अघि बढाउने छ।
राजनीतिक रुपमा अहिले संशोधनका विषयमा नयाँ सरकारले नै गृहकार्य गर्नेछ। ती विषयलाई निर्वाचित संसदले संशोधनको प्रक्रिया अघि बढाउने सहमति भएको छ।
प्रमुख दल, आन्दोलनरत पक्ष र नेपाली सेना समेतको सहजीकरणमा सहमति भएको हो। सहमतिलाई अन्तिम रुपमा दिएर आजै जारी प्रक्रियालाई निष्कर्षमा पुऱ्याउने लागिएको शीतलनिवास स्रोतले बतायो।