५ घण्टा पहिले
भदौ-२७, प्रदर्शनमा गोली लागेका, विभिन्न झडप र जलेर गरेर अहिलेसम्म मृत्यु हुनेको संख्या ५१ पुगेको छ।
नेपाल प्रहरीका अनुसार प्रहरीसहित ५१ जनाको मृत्यु पुष्टी गरिएको छ। जसमा २१ जना प्रदर्शनमा गोली लागेर मृत्यु भएका छन्।
१८ जनाको शव विभिन्न जलाइएका घरभित्र भेटिएको हो।त्यस्तै, बाँकी ९ जना विभिन्न कारागारमा कैदीबीच झडप हुँदा मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विनोद घिमिरेले बताए।रामेछाप, धादिङ र बाँके कारागारमा झडप हुँदा ९ जनाको मृत्यु भएको थियो।
देशभर भएको घटनामा मृतकको संख्या बढ्दो छ। प्रदर्शनकारी उग्र हुँदै तोडफोड र आगजनीमा उत्रिंदा थप मानवीय क्षति भएको हो।
प्रहरीमाथि सार्वजनिक र निजी सम्पत्ति जलाउने खोजेर पक्राउ गर्नुपर्ने दबाब बढेको छ।