× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आईपीएल: दिल्ली लाई हराउँदै पाँचौ पटक जित्यो मुम्बईले उपाधि

    २५ कार्तिक २०७७, बुधबार

    २५ कार्तिक २०७७, बुधबार

    काठमाडौं ।मुम्बई इन्डियन्सले यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।मंगलबार दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बईले उपाधि जितेको हो ।

    टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाउन सफल भएको थियो । दिल्लीका लागि अ‍ैयर र पन्तले अर्धशतकीय पारी खेले । ५० बल खेलेका कप्तान अ‍ैयरले ६ चौका र २ छक्काको सहयोगमा ६५ रन बनाए । त्यस्तै ३८ बल खेलेका पन्तले ४ चौका र २ छक्काको सहयोगमा ५६ रन बनाए । दिल्लीका लागि शिखर धावनले १५ रन बनाए । बलिङतर्फ मुम्बईका लागि टे«न्ट बोल्टले सर्वाधिक तीन विकेट लिए । त्यस्तै नथान कोट्रेलले दुई विकेट लिँदा जयन्त यादवले एक विकेट लिए ।

    दिल्ली क्यापिटल्सले जितका लागि दिएको १५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १५७ रन पूरा गर्यो ।

    मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ५ चौका र ४ छक्काको सहयोगमा ६८ रन बनाउन सफल भए । त्यस्तै इसन किसनले ३३ रन बनाउँदा क्विन्टन डी ककले २० रनको योगदान गरे । बलिङतर्फ दिल्लीका लागि अर्निच नोटरेजले दुई विकेट लिए । त्यस्तै कगिसो रबाडा र मार्कस स्टोइनिसले एक–एक विकेट लिए ।

    मुम्बईले लगातार दुई सिजन आईपीएलको उपाधि जितेको छ । सन् २०१९ मा चेन्नई सुपर किङ्सलाई पराजित गर्दै आईपीएलको उपाधि जितेको मुम्बईले यो सिजन दिल्ली क्यापिटल्सलाई हराउँदै उपाधि जितेको हो ।

    राजस्थान रोयल्सका जोफ्रा आर्चरले भ्यालुएबल अवार्ड प्राप्त गरेका हुन् । त्यसैगरी रबाडाले १७ खेलमा ३० विकेट लिदै पर्पल क्याप जितेका छन् भने पन्जाबका कप्तान तथा विकेटकिपर ब्याट्सम्यान लोकेश राहुलले ओरेन्ज क्याप तथा गेम चेन्जर अवार्ड पनि जितेका छन् । राहुलले १४ खेलमा १ शतक र पाँच अर्ध शतक सहित कुल ६ सय ७० रन बनाएका थिए ।