

२३ भाद्र २०८२, मंगलवार
भदौ-२४, जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएपछि विभिन्न शैक्षिक संघ–संस्थाहरूले दुई दिन शोक बिदा दिने निर्णय गरेका छन् ।
संयुक्त विज्ञप्ति जारी गर्दै निजी तथा आवासीय विद्यालय सञ्चालकहरुले भदौ २४ र २५ गते देशभरका विद्यालयहरू बन्द रहने जनाएका हुन् ।
जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएपछि विभिन्न शैक्षिक संघ–संस्थाहरूले दुई दिन शोक बिदा दिने निर्णय गरेका छन् ।संयुक्त विज्ञप्ति जारी गर्दै निजी तथा आवासीय विद्यालय सञ्चालकहरुले भदौ २४ र २५ गते देशभरका विद्यालयहरू बन्द रहने जनाएका हुन् ।
प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी, नेशनल प्याब्सन अध्यक्ष सुवाष न्यौपाने, एनएमएका अध्यक्ष पवित्रा लिम्बु, अपेनका बद्री दाहाल, हिसानका कार्यवाहक अध्यक्ष युवराज शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
विज्ञप्तिमा प्रदर्शनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । साथै विद्यार्थी, अभिभावक, शिक्षक, नागरिक समाज र सरोकारवालाहरुलाई संयमित रहि शान्तिपूर्ण वातावरण निर्माणमा सहयोग गर्न अपिल गरिएको छ ।
