× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आइपीएलमा हैदराबादलाई मुम्बईले हरायो/ चेन्नई बिरुद्ध पन्जाबको खेल जारी

    १७ आश्विन २०७७, आईतवार

    १७ आश्विन २०७७, आईतवार

    ईण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज शारजाह स्टेडियममा भएको पहिलो खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गरेको छ ।
    टस जितेर पहिलो ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ८ रन बनायो । मुम्बईको लागि डी ककले ३९ बलमा ४ चौका र ४ छक्का सहित ६७ रन बनाएर आउट भयो । काइरन पोलार्ड १३ बलमा ३ छक्का सहित २५ रनमा अविजित रहे । क्रुनाल पान्ड्या ४ बलमा २ चौका र २ छक्का सहित २० रनमा अविजित रहे । सन्दीप शर्मा ३१ र सूर्यकुमार यादव २७ रन बनाएर आउट भए ।
    हैदराबादका लागि राशिद खानले १ र सन्दीप शर्मा तथा सिद्धार्थ कौलले समान २/ २ विकेट लिए ।
    २०८ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन मात्र बनाउन सक्यो र ऊ ३४ रनले पराजित हुन पुग्यो ।
    हैदराबादका कप्तान डेभिड वार्नरले सर्वाधिक ६० रनको योगदान दिएपनि जितको लागि पर्याप्त रहेन । त्यस्तै मनिस पाण्डेले ३० रन बनाउँदा जोनी बेरेस्टोले २५ रनको योगदान दिए ।
    बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्ट, जस्प्रित भुम्राह र जेम्स प्याटिन्सनले समान दुई–दुई विकेट लिए । त्यस्तै कुनाल पाड्याले एक विकेट लिए ।
    जीतसंगै साविक विजेता मुम्बई इन्डियन प्रिमियर लिग (आइपिएल) को २०२० को अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।

    त्यस्तै आजै चेन्नई सुपर किंग्सबिरुद्ध किंग्स इलेभेन पन्जाब दुबईमा दोस्रो खेल जारी छ । टस जितेर पन्जाबका कप्तान लोकेश राहुलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
    यो समाचार तयार पार्दा सम्म पन्जाबले १३ ओभरमा २ विकेटको क्षतिमा १०१ रन बनाएको छ । मंयक अग्रवाल २६ र मनदीप सिंह २७ रन बनाएर आउट भएका छन् भने लोकेश राहुल ४४ र निकोलस पूरन १ रन बनाएर क्रिजमा छन् ।
    चेन्नईको लागि ड्वेन ब्राभो र रविन्द्र जडेजाले १/१ विकेट लिएका छन् ।