× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    सन्दीप आवद्ध दिल्लीले आइपीएलमा कोलकातालाई हरायो

    १७ आश्विन २०७७, आईतवार

    १७ आश्विन २०७७, आईतवार

    नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै तेस्रो जित निकालेको हो ।
    शनिवार राती १५ औं खेल सारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२८ रनको विशाल योगफल तयार गरेको थियो।
    २२९ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको कोलकत्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २१० रन मात्र बनाउन सक्यो र ऊ १८ रनले पराजित हुन पुग्यो ।
    दिल्लीको टीममा नेपाली क्रिकेटर सन्दीप लामिछाने समेत रहेका छन् । तर आजको खेलमा समेत उनीले मौका पाएनन्।
    यो जीतसंगै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।
    आज पनि दुई खेल हुनेछ । पहिलो खेल सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्स तथा दास्रो खेल चेन्नई र किंग्स इलेभेन पन्जाब बीच हुनेछ ।