× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भोलि आँबुखैरेनी सबस्टेशन देखि मुग्लिङ, मोवाखोला र गोर्खाको मकैसिंह तथा भुम्लीचोकसम्म विधुत सेवा अवरुद्ध हुने

    ४ दिन पहिले

    मुग्लिन- आँबुखैरेनी सबस्टेशन देखि मुग्लिङ, कुरिनटार मोवाखोला र गोर्खाको मकैसिंह र भूम्लिचोक सम्म भोलि एक दिन आंशिक रुपमा विद्युत अवरुद्ध हुने भएको छ।

    नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्र चितवनका फ्युज शाखा मुग्लिनका प्रमुख शेषमणी अधिकारीले दिएको जानकारी अनुसार शनिबार ११ के भि प्रसारण लाइनमा छुन लागेको रुखको हाङ्गा बिङ्गा काट्ने का लागि बिहान ७ बजे देखि अपरान्ह १२ बजे सम्म आँबुखैरेनी सबस्टेशन देखि मुग्लिङ ,केवलकार ,कुरिनटार पाँचकिलो जलबिरे चन्डिभन्ज्याङ्ग र गोर्खाको मकैसिङ, सिलिङ्टार तथा दिउँसो २ बजे देखि ६ बजे सम्म चुम्लिङ्टार, फिस्लिङ्ग, मोवाखोला, नागदह इच्छाकामना मन्दिर एरिया र गोर्खाको भुम्लिचोक गोर्दी बुटार सम्म आंशिक रुपमा विद्युत अवरुद्ध हुने भएको छ।

    फ्युज शाखा मुग्लिनका प्रमुख अधिकारीले दिएको जानकारी अनुसार निर्धारित कार्य तोकिएको समय अगावै सम्पन्न भएमा विद्युत सेवा छिटो सुचारु हुने समेत जनाइएको छ।