× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Post

    इप्रका मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंह उत्कृष्ट प्रहरीको रूपमा सम्मानित

    ४ हप्ता पहिले

    भदौ-४, जिल्ला प्रहरी कार्यालय चितवनले साउन महिनाको उत्कृष्ट प्रहरीको रुपमा प्रहरी निरीक्षक प्रतिक सिंहलाई सम्मान गरेको छ।

    इलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत सिहंले उद्वार, सुरक्षा र कार्वाहीमा उत्कृष्ट कार्य गरे वापत साउन महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरेका हुन्।

    निरीक्षक सिंहले मुग्लिन बजार मा लुकिछिपी होटलमा कोठाभाडा लिएर बसेका व्यक्तिहरूलाई नियन्त्रणमा लिई खानतलासी गर्दा विभिन्न गरगहना र अन्य धनमालसहित चेक जाँच गर्दा अन्दाजी २२ लाख मुल्यका बराबरको सुनको गरगहना र धनमाल फेला पारी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सम्बन्धित इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि पठाएका थिए।

    यसैगरी नारायणगढ र पृथ्वीराजमार्गको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा अविरल वर्षपछि एकैपटक तीन स्थानमा घोप्टे भीर, पानीधारा र रिद्धिखोलामा पहिरो खसी सडक आवतजावत बन्द भएको अवस्थामा सम्बन्धित निकायहरूसँग समन्वय गरी प्रहरी परिचालन गरी ट्राफिक व्यवस्थापन मिलाउनुका साथै पहिरोको अवस्थामा पनि वृद्ध आमाबुवाहरूलाई बोकेर गन्तव्यसम्म पुर्याएका थिए।

    निरिक्षक सिंहले चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को ३ नम्बर पुलबाट मानसिक सन्तुलन ठिक नभएका महिलाले आत्महत्या प्रयास गरे गरेको अवस्थामा निजलाई उद्धार गरी सम्बन्धित आफन्तको जिम्मा लगाई पठाएका थिए।

    निति निर्देशनलाई पूर्ण रुपमा पालना गर्दै आफूलाई सुम्पिएको जिम्मेवारी उच्च व्यवसायिक कार्य कुशलताका साथ सम्पादन गरी उत्कृष्ट कार्य गरेकोले निजले सम्पादन गरेको उत्कृष्ट कार्यको कदर स्वरूप पुरस्कृत गरिएको जनाइएको छ।

    जिल्ला प्रहरी कार्यालय चितवनमका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक गोविन्द पुरीले उत्कृष्ट प्रहरी घोषित गर्दै सिंहलाई सम्मानित समेत गरेका हुन्।