× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मर्स्याङदी स्कुलद्वारा विद्यार्थीमा लोक संस्कृति आत्मसाथ गराउन मेला उत्सव कार्यक्रम सम्पन्न

    ४ घण्टा पहिले

    साउन-३०, चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिनमा रहेकाे मर्स्याङ्दी शिक्षा सदन सेकेण्डरी स्कुलले श्री कृष्ण जन्माष्टमीको अवसरमा मेला-उत्सव कार्यक्रम सम्पन्न गरेको छ। श्री कृष्ण रथयात्रा,राधा कृष्ण, कुमारीको झाँकी प्रदर्शन, लाखे तथा टाकटुके नाच एवं चुडका नाचका साथ मुग्लिन बजार परिक्रमा गरेका थिए।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि इच्छाकामना गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालले विद्यार्थीद्वारा निर्माण गरिएको श्रीकृष्ण मन्दिरमा पूजाआराधना गरेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो।

    कार्यक्रममा अतिथिका रूपमा इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंह, सामुदायिक प्रहरी मुग्लिनका अध्यक्ष खुमप्रसाद पन्त, इच्छाकामना कला केन्द्रका अध्यक्ष काजीमान थापा, विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णु कुँवर लगायत उपस्थित रहेका थिए।

    विधार्थीहरुलाई नेपाली संस्कार, लाेक संस्कृति , लाेक साहित्य र सभ्यताको प्रत्यक्ष अवलोकन एवं सहभागी गराउने उद्देश्यले स-साना बालबालिकालाई राधाकृष्ण, कुमारीका रुपमा सिँगार्नुका साथै विधार्थीहरुलाई लाखे, टाकटुके तथा चुड्का नाच सिकाएर बजारमा झाँकी प्रदर्शन तथा नेपाली जातीय पहिचानका पोशाक प्रदर्शन गरेर नेपाली परम्परागत संस्कार, संस्कृति जगेर्ना गर्ने कार्य गरेकोमा कार्यक्रमका प्रमुख अतिथी पालिका उपाध्यक्ष माया सिलवालले विद्यालयलाई धन्यवाद दिनुभयो।

    हाम्रा आदिम संस्कृतिकाे मूल्य मान्यतासँगै हराउँदै गइरहेकाे हाम्राे माैलिक संस्कार , संस्कृति र सभ्यताकाे गहिराइमा विदेशी संस्कृतिकाे अनुसरण भइरहेकाे वर्तमानमा अवस्थामा याे कार्यक्रमले विद्यार्थीमा प्राचीन संस्कृतिकाे बाेध गराउनुकाे साथै सकारात्मक भावनाकाे पनि बिकाश गराउन महत्त्वपूर्ण भूमिका खेलेकाे कुरा विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठले बताए।

    विधालयका इसिए इन्चार्ज सनम पन्तले सञ्चालन गरेको कार्यक्रमको प्रथम सत्रमा मुग्लिङ बजारमा झाँकी प्रदर्शन गरेपश्चात विद्यालयमा विद्यार्थीहरूले विभिन्न जातीय पोशाकहरू प्रदर्शन गरेका थिए।