× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर-४ ठूल्ढुङ्गामा बस र विद्युतीय माइक्रो ठोक्किदा ११ जना घाइते

    १४ घण्टा पहिले

    साउन-२९, पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४ ठूल्ढुङ्गामा आज साँझ भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ७३२९ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बा ०१-००६ ख ६५०३ नम्बरको विद्युतीय माइक्रो ठोक्किदा ११ जना घाइते भएका हुन् ।

    दुर्घटनामा विद्युतीय माइक्रोमा सवार नौ जना र बसमा सवार दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए | माइक्रोमा सवारमध्ये दुई जनाको अवस्था गम्भीर रहेको उनले बताए । माइक्रोमा सवार घाइतेलाई लक्ष्मी अस्पताल डुम्रे उपचारका लागि पठाइएको छ भने बसमा सवार घाइतेलाई मोती मेडिकल हल पठाइएको छ ।

    घटनालगत्तै प्रहरी चौकी डुम्रेबाट प्रहरी नायब निरीक्षक विजयनाथ यादवको नेतृत्वमा आठ जना र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक कृष्णबहादुर चन्दको नेतृत्वमा पाँच जनाको टोली खटिएको छ ।