

५ घण्टा पहिले
दाङ– कपुरकाेटमा जीप दुर्घटना भएकाे छ । रुकुमपूर्वबाट तुलसीपुरतर्फ आइरहेको ग१ज ५६६१ नम्बरको जिप आज बिहान राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्युु भएको हाे ।
कपुरकोट प्रहरी चौकीले दिएकाे जानकारी अनुसार रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ का ३४ वर्षीय जिपचालक विजय विकको घटनास्थलमै मृत्यु भएको र अन्य तीन जना घाइतेकाे उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएकाे छ । घाइतेमध्ये एक बालक र दुई महिला रहेका छन् ।