× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    त्रिशूली नदीमा बाढीको सम्भावनालाई मध्यनजर गर्दै तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह

    २३ असार २०८२, मंगलवार

    २३ असार २०८२, मंगलवार

    असार -२४, त्रिशूली नदीमा जलसतह बढ्दा जोखिम निम्तिएको छ। जल तथा मौसम विज्ञान विभागले मंगलबार बिहान ६:१० बजे जारी गरेको सूचनामा पानीको सतह अझै बढ्दो क्रममा रहेको उल्लेख गरिएको छ।

    बाढीको सम्भावनालाई मध्यनजर गर्दै त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

    विभागले नदी आसपासका जोखिमयुक्त क्षेत्रहरूमा आकस्मिक बाढीको सम्भावना रहने भएकाले सावधानी अपनाउन तथा आवश्यक तयारी अवस्थामा रहन अनुरोध गरेको छ। त्रिशूली नदी रसुवा, नुवाकोट, धादिङ, चितवन हुँदै बग्ने गर्छ ।