× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    एसईई नतिजा सार्वजनिक गर्ने तयारीमा परीक्षा बोर्ड, यसरी थाहा पाउन सकिने

    ६ दिन पहिले

    असार-११, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारीमा जुटेको छ । असार तेस्रो साता सार्वजनिक गर्ने तयारी भइरहेको नतिजा हेर्नका लागि कार्यालयले विभिन्न विकल्पहरू सार्वजनिक गरेको छ ।

    एक सूचना प्रकाशित गर्दै बोर्डले एसईई नतिजा थाहा पाउन सकिने वेबसाइट, एसएमएस र आईभीआर (IVR) का विकल्प उपलब्ध गराएको हो । नतिजा प्रकाशनका लागि सरकारी तथा निजी क्षेत्रका विभिन्न संस्थालाई स्वीकृति प्रदान गरिएको छ ।

    एसएमएस र आईभीआर

    एसईई २०८१ को नतिजा एसएमएस र आईभीआर सेवा प्रयोग गरी थाहा पाउन सकिन्छ । यूएसएसडी सेवा अन्तर्गत *1600# डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिन्छ ।एसएमएसबाट थाहा पाउन:

    नेपाल टेलिकम: १६०० मा एसएमएस पठाउने वा डायल गरी आईभीआर सेवामार्फत सुन्ने ।

    जानकी टेक्नोलोजी: ३५००१ मा एसएमएस पठाउने ।आकाश टेक: ३१००३ मा एसएमएस पठाउने ।

    स्विफ्ट टेक्नोलोजी: ३४४५५ मा एसएमएस पठाउने ।

    तरिका-

    सबैभन्दा पहिले मोबाइलको मेसेज बक्समा जानुहोस् । -त्यसपछि पठाउनुपर्ने नम्बरमा 1600 वा 35001 वा 31003 वा 34455 वा 34949 राख्नुहोस् ।

    त्यसपछि एमएमएस बक्समा NEB टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बाेल नम्बर टाइप गरेर सेन्ड गर्नुहोस् ।

    -त्यस लगत्तै तपाईंले कुन विषयमा कुन ग्रेड ल्याउनुभयो भन्ने नतिजा देख्न सक्नुहुनेछ ।

    वेबसाइट/एपबाट नतिजा हेर्ने विकल्प

    वेबसाइटमार्फत नतिजा हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्ड लगायत विभिन्न साझेदार संस्थाहरूको वेबसाइट प्रयोग गर्न सकिन्छ । नतिजा हेर्न सकिने वेबसाइटहरू यसप्रकार छन् :

    see.ntc.net.np

    ekantipur.com

    see.esewa.com.np

    खल्ती एप

    collegeinfonepal.com

    theconnectplus.com

    12khari.com

    collegesnepal.com/see_result

    एनसेल एप

    swiftttech.com.np/see-result

    result.neemaacademy.com