× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भारी बर्षा संगै गाेरखा मनकामना जाेडिएकाे सडक भाँसियाे ।

    १ हप्ता पहिले

    गोरखा । गोरखामा आज बिहानै परेकाे भारी बर्षाका कारण बुंकाेट, नामजुङ, फुजेल हुदै मनकामना आउनेजाने र गाेरखा सदरमुकाम आउने बाटाे बन्द भएकाे छ । शहिद लखन गाउँपालिका–७, स्थित ढुङ्गागाढे भन्ज्याङ्ग नजिकै सडक भासिएकाे छ । सडक भासिँदा ढुङ्गागाढे–खाब्दी भन्ज्याङ सडक पूर्णरुपमा अबरुद्ध भएको छ ।

    सडक भासिँएर दुईतर्फी नै सवारी आवागमन अबरुद्ध भएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । उनका अनुसार गतबर्ष बर्षाले सामान्य क्षति पुगेको उक्त सडक समयमा मर्मत नहुँदा गएरातीको भीषण बर्षाले थप क्षति पुगेको हो ।

    शहिद लखन गाउँपालिका प्रवेश गर्ने मुख्य सडक नै अबरुद्ध भएपनि उक्त सडकखण्ड हुँदै आवातजावत गर्ने यात्रुहरु समस्यामा परेका छन् । सडक भासिँएकाले मोटरसाइकल र पैदल यात्रु समेत जोखिम मोलेर ओहोरदोहोर गर्नुपर्ने अवस्था बनेको छ ।

    उक्त सडक पूर्वाधार विकास कार्यालय गाेरखा मार्फत शनिबारदेखि पुनःनिर्माणको काम सुरु गरेको भएपनि बर्षाका कारण निर्माण कार्य प्रभावित भएको छ ।

    उक्त सडक भएर सवारी साधनहरु बुंकाेट, नामजुङ, फुजेल हुदै मनकामना आउने जाने गर्दछ ।

    श्राेतः गाेरखासमाचार