× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मर्स्याङ्दी शिक्षा सदन सेकेन्डरी स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    १ दिन पहिले

    जेठ-३०, चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ मुग्लिनमा अवस्थित मर्स्याङ्दी शिक्षा सदन सेकेन्डरी स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

    मर्स्याङ्दी युवा रेडक्रस सर्कलको आयोजना तथा हाइवे जनता केयर हस्पिटलको प्राविधिक सहयोगमा सञ्चालित शिविरको औपचारिक उद्घाटन कार्यक्रमका अध्यक्षता युवा रेडक्रस सर्कलका अध्यक्ष रोनिस चेपाङ्ग तथा प्रमुख अतिथिको रुपमा इच्छाकामना गाउँपालिकाकी उपाध्यक्ष माया सिलवाल उपस्थित हुनुभएको थियो ।

    औपचारिक उद्घाटन कार्यक्रममा प्रमुख अतिथि माया सिलवालले बालबालिकाहरूको निःशुल्क स्वास्थ्य उपचार गर्नु परोपकारी कार्य भएको र पालिकाले बालबालिकाको स्वास्थ्य सुधारका लागि प्रस्ताव आएमा संस्थागत विद्यालयलाई पनि सहयोग गर्ने बताउनुभयो।

    स्वास्थ्य शिविरमा हाइवे जनता केयर हस्पिटलका डाक्टर सुवोध पोख्रेल, दन्त चिकित्सक निरज झा, हेल्थ असिस्टेन्ट पंकज झा, फर्मासिस्ट प्रकृति चौधरी, ल्याव टेक्निसियन उषा चौधरी लगायतका टोलीले विधार्थीहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधी वितरण गरेका थिए।

    शिविरमा २४० विधार्थीको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणको क्रममा अधिकांश विद्यार्थीहरूमा दाँतको समस्या देखिएकोले सानो उमेर देखिनै ओरल हेल्थ बारेमा बालबालिकाहरूलाई सिकाउनु पर्ने डाक्टर सुवोध पोख्रेल तथा दन्त चिकित्सक निरज झाले सुझाव दिनुभयो।

    शिक्षक कमल श्रेष्ठले उदघोषण तथा मर्स्याङ्दी युवा रेडक्रस सर्कलकी सह-सचिव कृपा खनाल ले स्वागत मन्तव्य व्यक्त गरेको उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोर गुरुङ, संस्थापक अध्यक्ष जयलाल श्रेष्ठ, विब्यास सदस्य विष्णु कुँवर, प्रधानाध्यापक दिपक श्रेष्ठ, पिटिए अध्यक्ष मिनबहादुर श्रेष्ठ, हाइवे जनता केयर हस्पिटलका सुचना अधिकृत निशान्त त्रिपाठी तथा अभिभावकहरुको समेत उपस्थित रहेको थियो।