× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    रवि लामिछानेलाई थुनामा पठाउने आदेश

    १ वर्ष पहिले

    चैत-२२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ । रुपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उनलाई थुनामा पठाउने आदेश भएको हो ।

    उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई थुनामा पठाउने आदेश गरेको हो ।

    उक्त मुद्दामा रुपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा हुने आदेश गरेको थियो । उच्च अदालतले उक्त मुद्दा बदर गर्दै रविलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

    जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई एक करोड धरौटीमा रिहा हुने आदेश दिएको थियो । तर सोही मुद्धामा रुपन्देही जिल्ला अदालतका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

    उक्त आदेशविरुद्ध उच्च अदालत गएपछि रविलाई धरौटीमा छोड्ने आदेशविरुद्ध सरकारी वकिलले उच्च अदालतमा पुनरावेदनको निवेदन दिएको थियो ।

    उक्त निवेदनपछि रविले पनि आफ्नोविरुद्ध धरौटीको आदेश बदर गरी साधारण तारेखमा राख्ने माग लिएर पुनरावेदन निवेदन दिएका थिए ।

    यसअघि छविलाल जोशीसहित रुपन्देही जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालतमा दिएको निवेदनमा आज आदेश आएको हो ।

    रवि केही दिनअघि मात्रै पार्टीको सभापतिमा पुनः कुर्सीमा बसेका थिए । त्यसलगत्तै उनले सरकारलाई गाली गरेका थिए । उनले आफूले नेताहरुका फाइल खोल्ने र जेल जान तयार भएर बस्नसमेत घुर्की दिएका थिए ।

    रविलाई यसअघि चार ओटा सहकारी ठगीमा २ करोड ७९ लाख धरौती तिराएर साधारण तारेखमा छाडिएको थियो ।

    रवि जेल जाने भएसँगै रास्वपाको नेतृत्वमा फेरि संकट आउने भएको छ ।