

२९ मंसिर २०८१, आईतवार
मंसिर-३०, चितवनको इच्छाकामना -५ मुग्लिनमा पहिलो पटक योमरी पुन्हिको अवसर पारेर नेवारी मौलिक परिकारको प्रदर्शन तथा बिक्री गर्ने उदेश्यले नेवाः फुड फेस्टिवल हुने भएको छ । नेवाः मिसा पुचःको आयोजनामा आज पहिलो पटक फुड फेस्टिवल हुन लागेको हो ।
आफ्नो सांस्कृति तथा परिकारलाई अन्य समुदायमा चिनाउने उदेश्यले फुड फेस्टिवल आयोजना गरिएको मिसा पुचकि सदस्य अनिता श्रेष्ठले बताए ।फेस्टिवलमा नेवारी परिकारहरु योमरी, वारा, बफ छोयला, चिकन छोयला, वफ सुकुटी, समयबजी, नेवारी खाजा सेट लगायत उपलब्ध हुने श्रेष्ठले जानकारी दिए ।

नेवा गुठी समाज मुग्लिनको भवनमा दिनको ठिक २:०० बजे बाट शुरु हुने फुड फेस्टिवलमा अन्य जाति जनजातिहरुलाई सहभागी हुन नेवा मिसा पुचःकी अध्यक्ष निर्मला श्रेष्ठले अनुरोध गरिन्।