× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मर्स्याङ्दी सहकारीको कार्तिक २ हुने साधारणसभाको उद्घाटन वन मन्त्री कृष्ण प्रसाद सिलवालले गर्ने

    १ वर्ष पहिले

    असोज-३०, चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ मुग्लिनमा अवस्थित मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं साधारणसभा कार्तिक २ गते हुने भएको छ ।

    साधारणतसभाको उद्घाटन बागमती प्रदेशका वन तथा वातावरण मन्त्री माननीय कृष्ण प्रसाद सिलवाल बाट हुने संस्थाका प्रबन्धक कुमार श्रेष्ठले जानकारी दिनुभयो।

    मुग्लिनमा रहेको थकाली सेवा समितिको भवनमा आयोजना हुने २४ औं साधारणसभा विहान ११:३० बजेबाट शुरु हुने सहकारीका प्रबन्धक श्रेष्ठले बताउनु भयो ।

    इच्छाकामना गाउँपालिकामा सबै भन्दा धेरै शेयर सदस्य रहेको सहकारीको कार्तिक २ गते २४ औँ साधारण हुन लागेको सहकारीका अध्यक्ष किशोर गुरुङले जानकारी दिनुभयो । साधारण सभाको सबै तयारी पुरा भएको उहाँले बताउनुभयो ।