× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    झ्याप्ले खोलामा बस र हायस पुरिएको अवस्था भेटिए, थप सातवटा शव फेला

    १२ आश्विन २०८१, आईतवार

    १२ आश्विन २०८१, आईतवार

    असोज-१३, काठमाडौंको नागढुंगा नजिकै झ्याप्ले खोलामा गएको पहिरोमा थप एउटा बस र हायस पुरिएको अवस्थामा फेला परेको छ। प्रहरीका अनुसार एउटा बस र हायस पुरिएको अवस्थामा फेला परेको हुँदा निकाल्ने प्रयास जारी छ।

    उक्त पहिरोमा थप सातवटा शव फेला परेको प्रहरीले जनाएको छ। शवको पहिचान भएको छैन। गोरखाबाट शुक्रबार बिहान छुटेको बस र चितवन वाट छुटेको हायस हुन सक्ने आशङ्का गरिएको भए पनि पुष्टि भने भइसकेको छैन।

    शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस सम्पर्कविहीन भएको दरौँदी यातायात प्रालिले जनाएको छ। उक्त बसका साथै चितवनबाट छुटेको बा २ ख १३४५ नम्बरको हायस झ्याप्लेखोलामा गएको पहिरोमा परेको हुन सक्ने आशङ्का गरिएको छ।

    यसअघि हिजो सोही ठाउँबाट १४ शव फेला परेको थियो।हाल सम्ममा सो पहिरोबाट २४ जनाको शव निकालिसकेको छ।

    सो झ्याप्ले खोलाको पहिरोमा अरु गाडीपनि पुरिएको आशंका गरिएको छ।हाल सो पहिरोमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उत्खनन गरिरहेको छ।