× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज काठमाडौँ मुग्लिन सडक खण्डमा यातायात सुचारु हुने सम्भावना न्यून

    १० महिना पहिले

    असोज-१२, अविरल वर्षाका कारण मुग्लिन काठमाडौँ सडक खण्डको विभिन्न स्थानमा खसेको पहिरोको कारण आज यातायात सुचारु हुने सम्भावना कम रहेको छ।

    मुग्लिङ-काठमाण्डाै सडक खण्डको आधा दर्जनभन्दा बढी स्थानहरु झ्याप्ले खाेला, हिलटप हाेटल मलेखु, पाेखरे खाेला, काेइराले, सिम्ले, चालिसे, नाैविसे लगायतका ठाउँहरुमा पहिराे खसेको कारण सडक अवरुद्ध रहेको छ।

    निरन्तर पानी परिरहेकोले पहिरो हटाउन समस्या भएकाले आज काठमाडौँ मुग्लिन सडक सुचारु हुन सम्भावना कम रहेको धादिङ प्रहरीले जनाएको छ।